बुधवार, आश्विन १४ गते २०८३

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

बुधवार , आषाढ २५, २०८२

काठमाडौँ । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासीको बर्दघाट आसपासको क्षेत्र डुबानमा परेको छ। बर्दघाट नगरपालिका वडा नम्बर १० र ११ का अधिकांश बस्ती डुबानमा परेका हुन्। स्थानीय अर्जुन पाण्डेका अनुसार बर्दघाट क्षेत्रमा मंगलबार रातिदेखि अविरल वर्षात् भएको थियो।

अहिले पानी पर्न केही मत्थर भए पनि रातभर परेको वर्षाको कारण बस्ती र खेत डुबानमा परेका छन्। बर्दघाट नगरपालिका वडा नम्बरस्थित १० ध्रुव टोल, लण्डन ब्रिज, भुताहा, पानीट्यांकी टोल, बेलटाँडी, मौराहा टाँडी लगायतका टोलहरू डुबानमा परेका छन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार