शुक्रवार, कार्तिक ७ गते २०८३

कोरियाको ३ वटै शर्त पुरा, करिब डेढ वर्षमा बल्ल कोरिया रोजगारी सुरु हुने आशा

बुधवार , भाद्र २, २०७८

काठमाडौं । कोरोना महामारी शुरु भएयता ठप्प भएको दक्षिण कोरिया रोजगारी बल्ल शुरु हुने आशा पलाएको छ । शुरुमा नेपालले नै कामदार पठाउन रोकेकोमा नेपालमा कोरोनाको जोखिम बढेपछि कोरियालेनै कामदार लग्न बन्द गरेको थियो । 
३ स्वास्थ्य मापदण्ड पालना गरी विभिन्न ३ शर्त पुरा गरे कोरियाले नेपाली कामदार लग्ने बताएको भएपनि नेपालले ति शर्तबारे चासो नराख्दा भाषा पास गरी सम्पुर्ण प्रक्रिया पुरा गरेका युवाहरु रोजगारीमा जान पाएका थिएनन् । 

त्यसरी रोजगारीमै जान नपाएपछि भाषा पास गरेका युवाहरुले संघर्ष समितिनै बनाएर सम्वन्धित कार्यालय, मन्त्रालय र मन्त्रीहरुलाई भेटी पहल गर्दै आएका थिए । उनिहरुको लामो प्रयासपछि बल्ल कोरियाको ३ वटै शर्त नेपालको तर्फबाट पुरा भएको छ । यसले भाषा पास गरी बसेका युवाहरुमा खुसीयाली छाएको छ । रोजगारी नै अन्यौलमा परेकाले निरास उनिहरु अब भने जान पाइने आशामा छन् । 

कोरोनाको जोखिम बढेपछि कोरियाले कामदार लग्न कामदारको कोरोना विमा, होटेल क्वारेन्टिन र सिधा हवाई उडानको शर्त राखेको थियो । कोरोना विमाका लागी यसअघीनै कम्पनी सुचिकृत भैसकेका छन् भने क्वारेन्टिन खर्च पनि कामदार व्यहोर्न तयार भैसकेको अवस्थामा सरकारले सिधा हवाई उडानको लागी मंगलबार टेन्डर आह्वान गरेको हो । एक महिना अवधी राखी हवाई उडानको लागी इपिएस शाखा ग्वार्कोले मंगलबार टेन्डर आह्वान गरेकोे सुचना जारी गरेको छ । 

eps-flight-tender.jpg

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार