आइतवार, आश्विन १८ गते २०८३

रास्वपाको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउँदै मनिषा

बिहिवार , आषाढ २६, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यति बेला मुलुकभर हस्ताक्षर अभियान चलाएको छ। जसमा सर्वसाधारणदेखि विभिन्न क्षेत्रमा नाम कहलिएका व्यक्तिहरू समेतले ऐक्यबद्धता जनाएका छन्।

यसै क्रममा हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउन चर्चित नायिका मनिषा काेइराला पनि आज वनस्थली जाने भएकी छन्। उनी आज बिहान ११:३० बजे रास्वपा कार्यालय, वनस्थली जााने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

असार पहिलो सातादेखि रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियान सुरु गरेको छ। पार्टी स्थापना दिवसका अवसरमा काठमाडौंको माइतीघरमा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार