काठमाडौं । प्रधानमन्त्री केपी शर्माले साफ यु-२० महिला कपमा भुटानमाथि नेपालले निकालेको जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भुटानलाई ६-१ को फराकिलो गोलअन्तरले जितेकोमा नेपाली खेलाडीलाई बधाई दिएका हुन् ।
‘साफ यु–२० उमन्स कपमा आज नेपालले भुटानलाई ६-१ को फराकिलो अन्तरले जितेकोमा हार्दिक बधाई !’ प्रधानमन्त्री ओलीले लेखेका छन् । शुक्रबारदेखि बङ्गलादेशमा साफ यु-२० महिला कप प्रतियोगिता सुरू भएको छ ।