बिहिवार, आश्विन १५ गते २०८३

प्रतितोला चारसय रुपैयाँले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । साताको दोस्रो दिन आज सुनचाँदीको मूल्य बढेको छ । चाँदीको मूल्य पहिलो पटक तोलामा २३ सय नाघेको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम भएको थियो । आज बढेर छापावाल सुन तोलामा १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बैशाख ९ गते सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँ बढेर एक लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । यो मूल्य आजसम्मकै सबैभन्दा धेरै रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला दुई हजार २ सय ८५ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा दुई हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार