आइतवार, आश्विन १८ गते २०८३

ऊर्जामन्त्री खड्का भन्छन्– विकास समयको माग हो, कसैले रोकेर रोकिँदैन

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । ऊर्जा जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जासम्बन्धी विधेयक ल्याउँदैमा नआत्तिन आग्रह गरेका छन् ।

आज काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले ऐन ल्याउनै नहुने भन्नेकुरा गलत भएको भन्दै ल्याइएको ऐनमा संशोधन र परिमार्जनसहित अघि बढ्न सकिने बताएका छन् । मुलुकको हित अनुकूल कानुन निर्माण हुने भन्दै आफ्नो मुलुकलाई हेरेर कानुन निर्माण हुने भएकाले तर्सिनुपर्ने, आत्तिनुपर्ने कारण नरहेको बताएका छन् ।

ऐन ल्याउनै नहुने भन्नेकुरा गलत भएको भन्दै ल्याइएको ऐनमा संशोधन र परिमार्जनसहित अघि बढ्न सकिने उनको भनाइ छ । मुलुकको हित अनुकूल कानुन निर्माण हुने भन्दै आफ्नो मुलुकलाई हेरेर कानुन निर्माण हुने भएकाले तर्सिनुपर्ने, आत्तिनुपर्ने कारण नरहेको बताएका छन् । उनले स्पष्ट उद्देश्यका साथ ऊर्जा क्षेत्रको विकासमा लाग्नुपर्ने बताएका छन् ।

ऊर्जामन्त्री खड्काले आरसीओडीको समस्या रहेको स्वीकार गर्दै त्यसका लागि कमिटी नै गठन गरेर आरसीओडी पनि प्रोजेक्टको अवस्था हेरेर थपिदिने भन्ने निष्कर्ष निकालेको बताए । उनले भूमि प्राप्तिका समस्या छन् भने कानुन परिमार्जन गरेर अघि बढ्न सकिने बताएका छन् । २८ हजार ५ सयको रोडम्यापलाई पछ्याउने हो भने पनि लाखौँ मान्छेले यहीँ रोजगारी प्राप्त गर्नसक्ने उनको भनाई छ ।

उनले विकास समयको माग भएकाले कसैले रोकेर नरोकिने स्पष्ट पारे । मन्त्री खड्काले भने, ‘स्पष्ट उद्देश्यका साथ हामी ऊर्जा क्षेत्रको विकासमा लाग्नुपर्छ । आरसीओडीको समस्या छ । त्यसका लागि हामीले कमिटी नै गठन गरेर आरसीओडी पनि प्रोजेक्टको अवस्था हेरेर थपिदिने भन्ने निर्क्योल गरिहरेका छौँ । भूमि प्राप्तिका लागि के समस्या हो ? त्यसको लागि कानुन परिमार्जन गरेर अघि बढ्छौँ ।’

उनले थपे, ‘ऐनमाथि छलफल भइरहेको छ । ऐन ल्याउनै हुँदैन भन्ने कुरा त्यत्ति राम्रो कुरा होइन । समयानुकूल हाम्रा कानुनहरू परिमार्जित गर्दै जानुपर्छ ।’ मन्त्री खड्काले ऊर्जा आयोजनाहरुको आईपीओ रोक्न कुनै आवश्यक नरहेको भन्दै संवादमार्फत समाधान गर्न सकिने बताएका छन् ।

उनले ऊर्जा क्षेत्रको विकासका लागि सरकार खुला रहेको पनि जानकारी गराएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार