आइतवार, आश्विन २५ गते २०८३

चुम्बन गरेको फोटोबारे बिमला बोलिन्: उल्टै लगाइन यस्तो आरोप!

बिहिवार , भाद्र ३, २०७८

काठमाडौं।  लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली)ले फोटो इडिट गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएकी छन् । वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफ्नो फोटो इडिट गरेर ‘फसाउन’ खोजेको विमलाको दावी छ।

गालामा चुम्बन गरेको फोटो बाहिरिएपछि तनावमा रहेकी  वलीले उक्त तस्विर आफ्नो नभएको स्पष्टिकरण दिएकी छन्।फेसबुकमा विज्ञप्ति जारी गर्दै उनले राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्ने झुण्डले यस्तो गतिबिधि गरको बताएकी छिन्। उनले फोटो इडिट गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएकी छन्।

वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफ्नो फोटो इडिट गरेर ‘फसाउन’ खोजेको विमलाले दाबी गरेकी छन्। उनले भनेकी छन्, ‘हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र हत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चहान्छु, एकाएक मेरो फोटो जोडेर आउँदा म आफैं आश्चर्य चकित भएकी छु। म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन।’ आफ्नो चरित्रमाथि दाग लाग्ने गरी ‘साइबर स्याल’हरुबाट चरित्र हत्याको दुस्प्रयास भएको भन्दै उनले यसमा संलग्नमाथि कारवाहीको माग गरेकी छन्।

आफूले माओवादी पार्टी रोजेपछि एमालेमै रहन पटक–पटक दबाब दिइएको भएपनि आफू प्रतिबद्ध भएर माओवादी केन्द्रमै रहेपछि यसरी चरित्र हत्या गर्न खोजिएको उनको भनाइ छ।

उनले विज्ञप्तिमा लेखेकी छन्, ‘माओवादी केन्द्रं रोजेपछि केही तत्वहरुबाट ममाथि पटक–पटक आक्रमण गर्ने प्रत्यत्न गरिरहेका थिए, मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसैको उपज थियो। अहिले पनि पटक–पटक मलाई पार्टी परित्याग गर्न दवाब आइरहेको थियो। तर, म आफ्नो पार्टीप्रति प्रतिबद्ध हुँदा मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दुस्प्रयास स्वरुप नै मेरो चरित्र हत्या गर्न खोजिएको हो। यसमा कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु।’

तत्कालीन नेकपाबाट उपनिर्वाचन जितेकी विमलाले नेकपा खारेजपछि माओवादी केन्द्र रोजेकी थिइन्। उनलाई एमालेले पार्टीमा ल्याउन निकै प्रयास गरेपनि असफल भएको थियो। लुम्बिनी प्रदेशमा एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार गिर्न विमला नै निर्णायक बनेकी थिइन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार