बिहिवार, आश्विन १५ गते २०८३

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा एक हजार ८ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ४ सय रुपैयाँले बढेको थियो । आज चाँदीको मूल्यमा भने नयाँ रेकर्ड बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य १ लाख ९३ हजार सातसय रुपैयाँ कायम भएको थियो । आज बढेर छापावाल सुन तोलामा १ लाख ९५ हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ । बैशाख ९ गते सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँ बढेर एक लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । यो मूल्य आजसम्मकै सबैभन्दा धेरै रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला दुई हजार दुई सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा दुई हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि असार ३० गते २ हजार ३१५ रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो ।

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार