काठमाडौं । कम्बोडिया र थाइल्याण्डबीच सीमा क्षेत्रमा विवाद बढेको छ ।
थाई रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार, कम्बोडियाका अधिकारीहरुले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एकजनाको मृत्यु र कम्तिमा ३ जना घाइते भएको जानकारी गराएका छन् । त्यसपछि थाई सेनाले कम्बोडियाको भूमिमा हवाई आक्रमण गरेको जनाइएको छ ।
सीमा झडपका बिच थाई दूतावासले थाई नागरिकहरूलाई कम्बोडिया छोड्न आग्रह गरेको छ । थाइल्याण्डको शिक्षा मन्त्रालयले थाइल्याण्डको सुरिन प्रान्तको विवादित सीमा नजिकै रहेका सबै विद्यालयहरू बन्द गरेको छ ।
कम्बोडयाको रक्षा मन्त्रालयले पनि थाई सेनाले सीमा नजिककै रहेको प्राचीन प्रेह भिहेयर मन्दिर नजिकै सडकमा बम खसाल्न लडाकु विमान प्रयोग गरेको बेलायती अखबार द गार्डियनले लेखेको छ ।
यो गोली प्रहार हुँदा थाई नागरिक मारिएको क्षेत्रमा पर्छ । यो घटना यस्तो समयमा भएको हो जब एक दिन अघि सीमामा बारुदी सुरुङ विस्फोटमा एक थाई सैनिक घाइते भएका थिए ।