सोमवार, श्रावण २५ गते २०८३

रुसमा ४९ जना यात्रु बोकेको विमान सम्पर्कविहीन

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । ४९ जना यात्रु बोकेको विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा सहरमा हराएको हो । यो चीनसँग सीमा जोडिएको दुर्गम क्षेत्र हो ।

‘एङ्गारा एयरलाइन्स’ले सञ्चालन गरेको एएन–२४ विमान टिण्डा सहरतर्फ जाँदै गर्दा सम्पर्कविहीन भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । हराएको विमानको खोजी कार्य भइरहेको सीएनएनले जनाएको छ । त्यहाँका गभर्नर भासिली ओरलोभका अनुसार विमानमा पाँच बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए ।

आपतकालीन मन्त्रालयले भने विमानमा करिब ४० जना सवार रहेको बताएको छ । गभर्नर ओरलोभले भनेका छन्, ‘विमानको खोजीका लागि आवश्यक सबै सुरक्षाकर्मी, उद्धार टोली र स्रोत परिचालन गरिएको छ ।’

मौसम र भौगोलिक अवस्थाका कारण विमान खोजीमा चुनौती देखिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार