सोमवार, श्रावण २५ गते २०८३

थाइल्याण्ड र कम्बोडियाबीच युद्ध, मृत्यु हुनेको संख्या १२ पुग्यो

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । थाइल्यान्ड–कम्बोडिया सीमामा जारी सैन्य झडपमा हालसम्म कम्तीमा १२ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।

बीबीसीले थाइल्यान्डका स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै झडपमा एकजना सैनिक र ११ जना सर्वसाधारणको मृत्यु भएको उल्लेख गरेको छ । थाई अधिकारीहरूको प्रतिवेदनअनुसार, सुरिन प्रान्तमा एक आठ वर्षीय बालकसहित दुई जना सर्वसाधारणको मृत्यु भएको छ ।

त्यस्तै उबोन रत्चथानी प्रान्तमा एक जना सर्वसाधारणको मृत्यु भएको छ भने सीसाकेत प्रान्तमा आठ जना सर्वसाधारणले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार