सोमवार, श्रावण २५ गते २०८३

थाइल्यान्डसँग युद्धविराम गर्ने कम्बोडियाको चाहना

शनिवार , श्रावण १०, २०८२

काठमाडौँ । थाइल्यान्डसँग जारी सैन्य झडपका बीच कम्बोडियाले तत्काल युद्धविरामको माग गरेको छ।

संयुक्त राष्ट्रसंघका लागि कम्बोडियाका राजदूत छिया केओले आफ्नो देशले 'नि:सर्त' द्वन्द्वको अन्त्यको माग गर्ने बताएका छन्।  उनले अगाडि भनेका छन्, ‘हाम्रो देश 'यस विवादको शान्तिपूर्ण समाधान' चाहन्छ।’

यद्यपि थाइल्यान्डले कम्बोडियाको प्रस्तावमा अहिलेसम्म सार्वजनिक रूपमा टिप्पणी गरेको छैन। यसअघि थाइल्यान्डले कम्बोडियासँग सीमा जोडिएका आठ जिल्लामा मार्सल ल घोषणा गरेको थियो।

बिहीबारदेखि दुई देशबीच झडप भइरहेको हो। जसमा हालसम्म कम्तीमा १६ जनाको मृत्यु भएको छ भने १० हजारभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्।

थाइल्यान्ड र कम्बोडियाले एकअर्कालाई पहिले गोलाबारी गरेको आरोप लगाइरहेका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार