सोमवार, श्रावण २५ गते २०८३

एनआरएनए कम्बोडियामा निर्विरोध नयाँ कार्यसमिति चयन

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए कम्बोडियाको अधिवेशनले २०२५–२०२७ का लागि शिवराज पराजुलीको अध्यक्षतामा नयाँ कार्य समिति सर्ब सम्मत चयन गरेको छ । नयाँ कार्यसमितिलाई निवर्तमान अध्यक्ष लाल सिंह खड्काले पद हस्तान्तरण गरेका छन् ।

e4712247-45b1-4cf9-830f-b8435b8d3120.jfif

कार्यसमितिको उपाध्यक्षमा प्रदीप अधिकारी, राजन कुवर, रामजी छेत्री, सोनु तामाङ, महिला उपाध्यक्षमा उमा बुढाथोकी, महासचिवमा दीपेन्द्र केसी, सचिवमा रुद्र तामाङ र प्रबक्तामा डा.मो. जमिरुल हक निर्विरोध चएन भएका छन् ।

कार्यक्रममा एनआरएनए साउथ सुडानका अध्यक्ष रामप्रसाद पाध्याले कम्बोडियको छैठौ अधिवेशनमा सफलताको शुभकामना ब्यक्त गरेका छन् । पाध्याले ‘एशियाको यो क्षेत्रमा ‘डिजिटल अभिमुखिकरण र समाधान संयन्त्र’ श्रमिक सुरक्षाको अभियान,नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धन जस्ता कार्यमा नेपाल र नेपालीका लागि एउटै माला र भावनामा बाँधिनु पर्ने बताएका छन् ।

aed119a8-ce85-4f02-9ff2-ac449cc86b9b.jfif

कार्यक्रममा एनआरएनए कम्बोडियाका संस्थापक अध्यक्ष एबम सफल ब्याबसायी राजकुमार भुजेलले एनआरएनए कम्बोडियको छैठौ अधिवेशन सफलताको शुभकामना ब्यक्त गर्दै हाल एनआरएनएमा जुङ्गाको लडाई र आपसी द्वन्द बढेकोमा चिन्ता ब्यक्त गर्दै तेस्को अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

उक्त कार्यक्रममा एनआरएनए आईसिसी सदस्य एबम कम्बोडियाका सफल ब्याबसायी ज्ञानु रानाले एनआरएनए कम्बोडियको छैठौ अधिवेशन सफलताको शुभकामना ब्यक्त गर्दै एनआरएनएले आफ्नो नाराअनुसार काम गर्नेपर्ने बताएका छन् ।

33566717-c434-416f-846e-b9e56c756475.jfif

कार्यक्रममा निवर्तमान अध्यक्ष लालसिंह खड्काले यो एउटा अभियान भएकाले सबै सहकार्य गरेर हातमा हात मिलाएर अगाडी बढन आग्रह गरेका छन् । उनले आफू पदमा निवर्तमान भएपनी नेपालीको दुख सुखमा जतिबेला पनि सङ्गै हुने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार