काठमाडौँ । ७० करोड घुस काण्डमा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले उन्मुक्ति पाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी परेको पाँच वर्षभित्र पनि अनुसन्धान नटुंग्याई मुद्दा दायर गर्ने हदम्याद नै कटाइदिएपछि बास्कोटाले उन्मुक्ति पाएका हुन् ।
पाँच वर्षसम्म पनि अनुसन्धान नटुंगिए मुद्धा दायर नहुने काननी प्राधान छ । अहिले केपी शर्मा ओली नेतृत्वको सरकार छ । अर्थात ओलीको गोजीमा देश चलाउने चाबी छ । आफूलाई ‘बा’ भनेको मन पराउने ओलीको कृपा लागे घुस काण्डमा मुछिएका कयौँ गोकुलहरुले उन्मुक्ति पाउछन् । यदि ओलीको मन बिच्किए जेलको हावा खानु पर्छ ।
ओली सरकारले भ्रष्टाचारमा मुछिएका आफू निकटका नेताहरुलाई खुलेआम उन्मुक्ति दिएको छ । जसको उदाहरण हुन्- गोकुल बास्कोटा । २०७६ फागुन ७ गते तत्कालीन सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रेस उत्पादन गर्ने कम्पनीका एजेन्टसँग लागत बढाएर घुस लिने कुराकानीको अडियो सार्वजनिक भएको थियो ।
अडियो रेकर्डमा मन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको कमिसनबाट प्राप्त हुने ५५ करोड रुपैयाँको कमिसनलाई अझै बढाउन आग्रह गरेका थिए । उनले लागत बढाएर एक अर्ब जति कमिसन निकाल्न आग्रह गरेका थिए । मन्त्री बास्कोटाले अडियोमा भनेका थिए, ‘त्यसले बनाएको ३५ अर्बको छ । अब यता २७ अर्ब निस्कियो भने २८ अर्बको बनाउनुस् ।’ सञ्चार मन्त्रालयको सुरक्षण मुद्रण केन्द्रले अघि बढाएको प्रक्रिया विवादित बनेर लेखा समितिले फाइलमाथि अनुसन्धान अघि बढाइरहेका बेला अडियो रेकर्ड सार्वजनिक भएको थियो ।
मन्त्री गोकुल बास्कोटाले प्रेस खरिदको लागतबारे भनेका थिए, ‘सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो । मानौं २५ निस्कियो भने कति हुन्छ ? अडियो रेकर्ड गर्ने विजय प्रकाश मिश्रले ‘७० जति आउला कि ? आउट अफ ट्रयाक नजाँदा ७० जति आउला कि १’ भनी जवाफ दिएका थिए ।
त्यसपछि सामाजिक सञ्जालमा बास्कोटाको नाम ७० करोड राखिएको थियो । बास्कोटा पनि बेलाबखत ७० करोड हान्दे कै हो भन्दै घुर्की लगाउछन् । तर, अनुसन्धान थालेको अख्तियारले पाँच वर्ष पूरा भइसक्दा पनि अनुसन्धान टुंग्याएन । राजनीतिक प्रभावमा परेर अख्तियारले अनुसन्धान नगरेको प्रष्ट देखिन्छ । अख्तियारका प्रमुख प्रेम कुमार राई एमालेका खास मान्छे हुन् ।
त्यहिमाथि उनी आफै भ्रष्टाचार काण्डमा मुछिएका छन् । प्रधानमन्त्री ओलीदेखि अख्तियारका प्रमुख राईको मिलेमतोमा गोकुललाई उन्मुक्ति दिइएको हो । पाँच वर्षपछि उन्मुक्ति पाएपछि गोकुल बास्कोटाले लामो सास फेरेका छन् । अब उनलाई कुनै तनाव छैन ।