जापानको मौसम विज्ञान एजेन्सीले सूनामीको चेतावनी जारी गर्दै करिब १ मिटर अग्ला छाल आउन सक्ने बताएको छ। प्रशान्त सुनामी चेतावनी केन्द्रले पनि हवाई राज्यका लागि सुनामी वाच घोषणा गरेको छ।
कामचाट्का प्रायद्वीप नजिकै दशकौंपछि आएको शक्तिशाली भूकम्पपछि हालसम्म कुनै घाइते नभएको जानकारी दिइएको छ। तर सकालिन क्षेत्रको एउटा सानो सहर सेभोरो–कुरिल्स्कमा सुनामी चेतावनीपछि खाली गराइएको छ।
कामचाट्का प्रदेशका गभर्नर भ्लादिमिर सोलोडोभले भूकम्प शत्तिशाली रहेको जनाउँदै पछिल्ला दशकौंकै सबभन्दा भयंकर रहेको बताएका छन् ।