सोमवार, श्रावण २५ गते २०८३

रुसको कामचट्का र कुरिल टापुमा शक्तिशाली भूकम्प

आइतवार , श्रावण १८, २०८२

काडमाडौं । रुसको कामचट्का र कुरिल टापुमा शक्तिशाली भूकम्प गएको छ ।

जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (जीएफजेट)का अनुसार कामचट्का क्षेत्रमा ६.८ र कुरिल टापुमा ६.७ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि बिहीबार (जुलाई ३१) मा रुसमा ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो । जुन १९५२ पछि यस क्षेत्रमा सबैभन्दा शक्तिशाली भूकम्प थियो ।

उक्त भूकम्पले रुससहित जापान, अमेरिका, चीनसहित धेरै देशमा सुनामीको चेतावनी जारी गरिएको थियो । तर त्यस भूकम्पले केही घर भत्किए पनि अन्य क्षतिको खबर अहिलेसम्म आएको छैन् ।

आजको भूकम्पले पनि अहिलेसम्म कुनै क्षति भएको कुरा आइसकेको छैन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार