काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा एक हजार नौसय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य १ लाख ९६ हजार ६ सय रुपैयाँ कायम भएको थियो । आज बढेर छापावाल सुन तोलामा १ लाख ९८ हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । यसअघि वैशाख ९ गतेको मूल्य रेकर्ड आज तोडिएको छ । वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला दुई हजार दुई सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा दुई हजार दुई सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । साउन ६ गते २ हजार ३ सय २० रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो । यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।