आइतवार, कार्तिक ९ गते २०८३

बेलायत सरकारसंगको सहमतिपछि भूतपूर्व गोर्खाहरुले तोडे १३ दिनको अनसन 

बिहिवार , भाद्र ३, २०७८

काठमाडौं । बेलायत सरकारसंगको सहमतिपछि भुपु गोर्खाहरुले अमरण अनशन तोडेका छन् । बेलायती नागरिक सरह समान सेवा सुविधको माग गर्दै १३ दिन देखि बेलायती प्रधानमन्त्री कार्यालयअघि उनिहरु आमरण अनसनमा बसेका बसेका थिए । 

बेलायत सरकार र अनसन बसेका भूपु गोर्खा संघर्ष समितिबीच सहमति भएपछि अनसन तोडिएको हो । वार्तामा बेलायतले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएको छ ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल तथा बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितिमा जुस पिलाएर अनशन तोडिएको लन्डन न्यूजले जनाएको छ । टेन डाउनिङ स्ट्रिटमा ज्ञानराज राई, पुष्पा घले र धन गुरूङले भोक हड्ताल थालेका थिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार