बिहिवार, आश्विन १५ गते २०८३

आजको मौसम: यी प्रदेशमा भीषण वर्षाको सम्भावना

शुक्रवार , भाद्र ४, २०७८

काठमाडौं। आज विभिनन प्रदेशमा बर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन भीषण वर्षाको सम्भावना रहेको जनाएको छ।

मनसुनी वायुको सामान्य प्रभाव रहेकाले आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै‚ राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थान भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार