काठमाडौं । भारतको पञ्जाबस्थित मोहाली जिल्लामा बुधबार एक अक्सिजन सिलिन्डर प्लान्टमा विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
विस्फोट औद्योगिक क्षेत्र, फेज– ९ मा रहेको एक इकाइमा भएको हो । घटनापछि प्रहरी तथा नागरिक प्रशासनका उच्च अधिकारीहरू तत्कालै घटनास्थलमा पुगेर उद्धार कार्यलाई अघि बढाएका थिए । घाइतेहरूलाई उपचारका लागि मोहालीको सिभिल अस्पतालमा लगिएको छ ।
अधिकारीहरूका अनुसार तिनीहरू सबै गम्भीर घाइते भएका छन् र तिनीहरूको स्वास्थ्य स्थिति नजिकबाट निगरानीमा राखिएको छ ।
विस्फोटको कारण अझै पत्ता लाग्न सकेको छैन ।