भारतको परराष्ट्र मन्त्रालयले बुधबार जवाफ दिँदै यो कर अन्यायपूर्ण, अविवेचित र अनुचित रहेको टिप्पणी गरेको छ । ‘यस्ता कार्य अरू थुप्रै देशले पनि आफ्नो राष्ट्रिय हितमा गरिरहेका छन्। यस्तो अवस्थामा भारतमाथि मात्र थप कर लगाउनु दुर्भाग्यपूर्ण छ। भारतले आफ्नो राष्ट्रिय हित संरक्षण गर्न आवश्यक सबै कदम चाल्नेछ’, मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
राष्ट्रपति ट्रम्पले यसअघि नै चेतावनी दिँदै भनेका थिए कि यदि भारतले रुसी तेल किन्न छोडेन भने उनी कर दर अझै बढाउनेछन्। उनले भनेका थिए, ‘भारतलाई कुनै मतलब छैन कि युक्रेनमा कति मानिसहरू रुसको युद्ध मेसिनबाट मारिँदैछन्।’