आइतवार, कार्तिक ९ गते २०८३

जयपृथ्वी राजमार्ग अबरुद्ध हुँदा यात्रु अलपत्र

शुक्रवार , भाद्र ४, २०७८

काठमाडौं । पहिरोले बैतडीमा राजमार्ग अबरुद्ध हुँदा लामो दुरीका यातायातका साधन बीचबाटोमै रोकिएका छन् । जयपृथ्वी राजमार्ग अन्तरगत बैतदीको पाटन नगरपालिका-८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारी साधन ठप्प छन् । सवारी साधन रोकिँदा यात्रु पनि अलपत्र परेका छन् । लगातारको वर्षाका कारण पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । 

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण प्रभावित भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार