बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलाको दुई लाख नजिक

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं । सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ९८ हजार चारसय रुपैयाँ कायम भएको थियो । बिहीबार सोही मूल्यमा स्थिर रहेको थियो । आज बढेर छापावाल सुन तोलामा १ लाख ९९ हजार चारसय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । यसअघि साउन २० गतेको मूल्य रेकर्ड आज तोडिएको छ । साउन २० गते १ लाख ९८ हजार ५ सयको उच्चतम रेकर्ड बनाएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला दुई हजार ३ सय १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा दुई हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा भने यसअघि २ हजार ३ सय ५० रुपैयाँको उच्चतम रेकर्ड बनेको छ । यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार