काठमाडौं । भारतसंगको व्यापार बन्द गरेको तालिबानले आफगानिस्तानमा रहेको भारतिय वाणिज्य दुतावासमा छापा मारेको छ । सत्ता कब्जा गरेको तालिबानले अफगानिस्तानस्थित हाल बन्द रहेका कन्धार र हेरातमा रहेका भारतीय दूतावासको कार्यालयको ताला तोडी तालिबानी लडाकु प्रवेश गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
दुवै दूतावासका कार्यालय परिसरमा राखिएका गाडीहरू पनि उनीहरूले लिएको समाचारमा जनाइएको छ । यसको विस्तृत जानकारी भने दिइएको छैन । बिहीबार मात्र तालिबानले भारतसँग व्यापार पनि बन्द गरिसकेको समाचार आएका थिए । जसकारण लाखौं डलर बराबरको सामान आयात र निर्यात रोकिएको छ । अफगानिस्तानको सत्ता कब्जामा लिएको तालिबानले भारतसँग क्रुरता देखाइरहेको छ ।