काठमाडौं । पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल पक्षले निर्वाचन आयोगमा प्रस्ताव गरेको नयाँ पार्टीको नाम संशोधन गरेको छ । नेपाल समुहले प्रस्तावित पार्टीको मान निर्वाचन आयोगमा पुगेरा सच्याएको छ । जस अनुसार अव प्रस्तावित दलको नयाँ नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ ।
यसअघि नेकपा एमाले समाजवादी नाम राखिएकोमा शुक्रबार नेता राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेको हो । यसअघि प्रस्तावित नेकपा एमाले (समाजवादी) नाम मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गर्न सक्ने देखिएपछि नयाँ नाम प्रस्ताव गरिएको हो ।
नेपालले ‘एमाले’ र महन्थ ठाकुरले ‘जसपा’ नाम प्रयोग गर्न नपाउने निर्वाचन आयोगले संकेत गरेको थियो । यस्तै महन्थ ठाकुर पक्षले पनि पार्टीको नाम परिवर्तन गरेर लोकतान्त्रिक समाजवादी पार्टी राखेको छ ।