सोमवार, श्रावण २५ गते २०८३

विकल्प विना कक्षा १२ को परिक्षा रद्ध गरेको भन्दै आलोचना, छिटो संचालन गर्न निर्देशन

शुक्रवार , भाद्र ४, २०७८

काठमाडौं । कक्षा १२ को परिक्षा अझै अन्यौनमा छ । कोरोनाको जोखिम रहेको भन्दै तय गरिएको परिक्षा २ पटकसम्म रद्ध हुँदा कक्षा १२ का विद्यार्थी अन्यौलमा छन् । यसैबीच प्रतिनिधिसभाका सांसदहरुले कक्षा १२ को परीक्षा अझै संचालन गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा बोल्दै समितिका सदस्यहरुले दुई/दुई पटक कक्षा १२ को परीक्षा स्थगित गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । सांसद जयपुरी घर्तीमगरले बिना विकल्प कक्षा १४ को परीक्षा स्थगित गरेर सरकारले गम्भीर गल्ती गरेको बताइन् ।

समितिको सभापतिसमेत रहेकी उनले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गरेर कक्षा १२ को परीक्षा संचालन गर्न समितिले दिएको निर्देशन पालना नगरेको भन्दै अक्रोस पोखिन् । समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले कक्षा १२ को परीक्षा पटकपटक रोक्ने काम नगर्न सरकारलाई सचेत गराए । समितीले परिक्षा रोकिएकोमा ध्यानाकर्षण भएको जनाउँदै छिटो संचालन गर्न निर्देशन समेत दिएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार