सोमवार, श्रावण २५ गते २०८३

पाकिस्तानको खैबर पख्तुनख्वामा बाढी-पहिरोका कारण ३२३ जनाको मृत्यु

सोमवार , भाद्र २, २०८२

काठमाडौँ । पाकिस्तानको खैबर पख्तुनख्वामा अगस्ट १७ देखि अहिलेसम्म वर्षा र बाढीले ३२३ जनाको मृत्यु भएको त्यहाँका अधिकारीले बताएका छन्। 

बीबीसी उर्दुका अनुसार, बाढी-पहिरोले खैबर पख्तुनख्वा प्रान्तका स्वात, बुनेर, बाजौर, तोरघर, मानसेहरा,साङ्ला र बट्टाग्राम जिल्लामा धेरै क्षति भएको छ। 

बाढी-पहिरोका कारण सबैभन्दा बढी बुनेर जिल्लामा २१७ जनाको मृत्यु भएको छ। वर्षा र अचानक आएको बाढीका कारण ३३६ घर क्षति भएका छन्, जसमध्ये २३० आंशिक र १०६ घर पूर्ण रूपमा नष्ट भएका छन्।

त्यहाँ अगस्ट १९ सम्म भारी वर्षा र अगस्ट २१ सम्म बीच-बीचमा वर्षा हुने अनुमान त्यहाँका मौसमविद्ले गरेका छन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार