आइतवार, श्रावण २४ गते २०८३

रविमाथि फेरि भयो ठुलै षडयन्त्र, कांग्रेस-एमालेले चाले यस्तो कदम, रास्वपा संकटमा

मंगलवार , भाद्र ३, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि फेरि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले ठुलै षडयन्त्र गरिरहेका छन् । शनिबार रविलाई रुपन्देहीको भैरहवा कारागारबाट काठमाडौँको नख्खु कारागार ल्याइएको छ ।

गत चैत २५ गतेदेखि भैरहवा कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिए । तर, गृहमन्त्री रमेश लेखकले रविको सरुवामा हस्तक्षेप गरेका थिए । शनिबार भने रविलाई गृहमन्त्री लेखककै पहलमा काठमाडौँ ल्याइएको हो । रविलाई काठमाडौँ ल्याउनुको पछाडि ठुलो रहस्य लुकेको छ । कात्तिक १७ गते रुपन्देही-३ मा उपनिर्वाचन हुदैँछ । 

रवि रुपन्देहीको भैरहवा कारागारमा भएकाले त्यहा रास्वपाको रापताप दिन प्रतिदिन बढिरहेको थियो । रविले आफ्ना नेताहरुलाई रुपन्देही मै बोलाएर बैठक बस्नेदेखि घरदैलो कार्यकक्रममा खटाएपछि चुनावी माहोल रास्वपातिर ढल्की रहेको थियो । यदि रविलाई रुपन्देहीकै कारागारमा राखियो भने उपनिर्वाचनमा आफूहरुलाई धक्का लाग्ने डरले कांग्रेस एमालेले रविलाई काठमाडौँ ल्याएका हुन् ।

रविलाई काठमाडौँ ल्याएसँगै उपनिर्वाचनमा रास्वपामाथि संकट आइपर्ने देखिन्छ । रुपन्देही ३ मा जीत हात पार्न कांग्रेस एमालेले भयभरको शक्ति लगाउने तयारी गरेका छन् ।  एक सीटका लागि सिंगो पार्टीपक्ति लाग्नुको कारण भनेको-रुपन्देही ३ मा जसले बाजी मार्छ त्यो पार्टीले आफ्नो शक्ति देखाएर ०८४ को निर्वाचनलाई बल पुर्याउने छ । 

अहिले राजनीतिक दलहरु उपनिर्वाचनको तयारीमा जुटेका छन् । यो उपनिर्वाचनलाई पुराना र नयाँ दुवैथरि दलले आफ्नो शक्ति परीक्षणको अवसरका रूपमा लिएका छन् । त्यसकारण पनि रुपन्देही-३ को उपनिर्वाचनलाई अर्थ पूर्णरुपमा हेरिएको छ । सत्तारुढ दल कांग्रेस र नेकपा एमाले पनि  निर्वाचनमा होमिएका छन् । उता प्रतिपक्ष दलहरु नेकपा माओवादी केन्द्र, नयाँ दल रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा पनि चुनावी मैदानमा उत्रिएका छन् । 

यो उपनिर्वाचनमा कांग्रेस, एमाले र माओवादीमध्ये जुन दलको उम्मेदवारले जिते पनि पुराना दलको साख जोगिनेछ  । र, पुराना दलप्रति अझैँ पनि नागरिकको विश्वास मरेको छैन भन्ने भाष्यलाई बल पुग्ने छ । पुराना दलले देशलाई निकास दिन सकेन अब हामीले निकास दिन्छौ भन्दै उदाएको रास्वपा र यो व्यवस्था नउल्टिएसम्म देशमा थिति हुने छैन भन्ने नारा लगाइरहेको राप्राका लागि पनि यो निर्वाचन अग्नि परिक्षा हुने छ । 

गत निर्वाचनमा रुपन्देही-३ बाट राप्रपाका वरिष्ठ नेता दीपक बोहोराले नेपाली कांग्रेसका प्रभावसाली नेता बालकृष्ण खाँणलाई पराजित गर्दै संसद प्रवेश गरे । घाटीका समस्याका कारण बोहोरा नबोली चुनाव जितेका हुन् । तर, गत चैत १९ गते बोहोरा यो संसारबाट विदा भएपछि रुपन्देही-३ मा उपनिर्वाचन हुन लागेको हो । 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार