बिहिवार, आश्विन १५ गते २०८३

बैंक तथा वित्तीय संस्थाहरुमार्फत नेपाल राष्ट्र बैंकले ३० अर्ब तान्दै

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट ३० निक्षेप तान्ने भएको छ । निक्षेप संकलन बोलकबोलमार्फत उक्त परिमाणको रकम तान्नलागेको हो ।

अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत रकमको बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन् ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार