बिहिवार, आश्विन १५ गते २०८३

१७औँ नाडा अटो शो : दिपलको उड्ने कारमा चढे प्रचण्ड

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोमा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि अवलोकनका लागि पुगेका छन् ।

उनी व्यवसायी विष्णु कुमार अग्रवालसँग सवारीसाधन प्रदर्शनी अवलोकन गर्न पुगेका हुन् । सो क्रममा उनी दिपलको उड्ने कार चढेका थिए । उड्ने कार अवलोकनपछि उनी विभिन्न कम्पनीहरुले प्रदर्शनमा राखेका कारहरु हेर्न पुगेका थिए भने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अध्यक्ष करण चौधरीलगायतसँग सानो छलफलमा समेत सहभागी भएका छन् ।

नाडाको आयोजनामा ८ गतेसम्म चल्ने शोका लागि दिपलले मानवीकृत रोबोटसँगै उड्ने कार पनि प्रदर्शनीमा राखेको हो । यसपटक यही उड्ने कार शो अवलोकनार्थ जानेहरुका लागि विशेष आकर्षण बनेको छ ।

शो उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उड्ने कारमा विशेष चासो देखाएका थिए भने यसलाई हेर्न अवलोकनकर्ताको घुइँचो लाग्दै आएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार