बिहिवार, आश्विन १५ गते २०८३

आजको मौसम: यी स्थानमा ‘भारी वर्षा’ को सम्भावना

शनिवार , भाद्र ५, २०७८

काठमाडौं । आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मनसुनी वायुको प्रभावले अहिले प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसमविद् सजिना शाक्यका अनुसार आज दिउँसोपछि प्रदेश–१, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ।आज राति प्रदेश–१, वाग्मती र सुदूरपश्चिम प्रदेशको एक रदुई ठाउँमा भारी वर्षाको सम्भावना छ।

अबको केही दिनसम्म ठाउँठाउँमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आह्वान गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार