सोमवार, श्रावण २५ गते २०८३

सत्यवती माविका विद्यार्थीलाई छात्रवृत्ती सहित शैक्षिक सामाग्री सहयोग

शनिवार , भाद्र ५, २०७८

काठमाडौं। 'सत्यवती आल्मुनाई एसोसिएसन अफ नेपाल'ले सत्यवती माध्यामिक विद्यालयमा अध्यानरत विद्यार्थीलाई छात्रवृत्ती सहित बिभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ।

विद्यालयका पुर्व विद्यार्थीहरुद्धारा संचालित यो अभियानले विद्यालयमा आयोजना गरेको कार्यक्रममा ५ जना छात्राहरुलाई छात्रवृत्ती, १२० जनालाई स्कुल ब्याग वितरण गरेको हो।

यस्तै सामाजिक विकास कार्यक्रम अन्तर्गत स्थानीय क्लबलाई खेलकुद सामग्री पनि वितरण गरिएको एसोसिएसनका अध्यक्ष बद्री सुवेदीले जानकारी दिए। एसोसिएसनको यो कार्यमा विभिन्न व्यक्ति तथा दाताहरुले सहयोग गरेका हुन्।

239767858_3059553710985292_2095686469581691104_n.jpg

सहयोग गर्नेहरुमा स्वागत टेडिङ्ग प्रा.लि.काठमाण्डौ महानगरपालिका-३, महाराजगञ्जका प्रबन्ध निर्देशक माधव खतिवडाले १२० वटा स्कुल व्याग तथा प्रवेश ट्रेडर्स काठमाण्डौ महानगरपालिका-१६, नयाँ बजारका परशुराम खतिवडाले फुटवल, स्पोर्ट सुज लगायतका विविध खेलकुद सामग्रीहरु सहयोग गरेको एसोसिएसनले जनाएको छ।

news.jpg

छात्रवृत्तीका लागि विद्यालयका पुर्व विद्यार्थीहरु काठमाडौको स्युचाटारका जीवन लामिछाने, सिद्धलेक–७ भालडाँडाका परशुराम खतिवडा, काठमाण्डौ महानगरपालिका -१३, सोल्टीमोडकी अर्चना पौडेल (सुवेदी) र काठमाण्डौ महानगरपालिका-३, महाराजगञ्जकी कुञ्जी खतिवडाले १०/१० हजार सहयोग गरेका हुन्।

यस्तै, मोरङ्ग विराटनगर-३, स्थायी घर भएर हाल काठमाडौ महानगरपालिका -१२ भोटेबहाल बस्दै आएका ओम प्रकाश शारडाले पनि उक्त कार्यक्रमका लागि १० हजार सहयोग गरेको अध्यक्ष सुवेदीले बताए।

banner fnl.jpg

एसोसिएसनले कार्यक्रमलाई सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ। अध्यक्ष सुवेदीले कोभिड १९ का कारण सबै भुतपूर्व विद्यार्थी लगाएत व्यक्तिहरुलाई समेट्न नपाएकोमा क्षमा मागेका छन्।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार