सोमवार, श्रावण २५ गते २०८३

यमनको राजधानी सानामा इजरायली हवाई आक्रमण, ४ जनाको मृत्यु

सोमवार , भाद्र ९, २०८२

काठमाडौँ । इजरायली वायुसेनाले आइतबार यमनको राजधानी सानामा हवाई आक्रमण गरेको छ ।  यी आक्रमणहरूमा कम्तिमा ४ जनाको मृत्यु र ६७ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

यो आक्रमण यमनका हुथी विद्रोहीहरूले इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणको जवाफमा गरिएको हो । यसअघि शुक्रबार राति हुथी विद्रोहीहरूले पहिलोपटक इजरायलमाथि क्लस्टर बम वारहेडले सुसज्जित ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए ।

क्षेप्यास्त्रको एक भाग इजरायलको गिनाटोन शहरको एउटा घरमा लागेको थियो । तर, मानवीय क्षति भने भएन । यसपछि, इजरायलले बदलामा यमनको राजधानी सानालाई निशाना बनाएको हो । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार