बिहिवार, आश्विन १५ गते २०८३

त्रिकोणात्मक सिरिजका लागि नेपाली क्रिकेट टिमको घोषणा, गुल्सन झा पहिलो पटक राष्ट्रिय टिममा

शनिवार , भाद्र ५, २०७८

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक सिरिज खेल्नका लागी टिम घोषणा गरेको छ । क्यानले अमेरिका र ओमानसँग हुने त्रिकोणात्मक सिरिजका लागी १७ जनाको टिम घोषणा गरेको हो । ओमानमा हुने आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमानबीच खेल हुनेछ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टोलीमा तीब्र गतिका बलर गुल्सन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । मेयर्स कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका गुल्शन पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपछि प्रारम्भिक टोलीमा सामेल भएका थिए । 

गुलशनसँगै अर्का तीव्र गतिका बलर विक्रम शोब, शरद भेषावाकर र रोहित कुमार पौडेलले पुन: राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिका सँग दुई दुई खेल खेल्ने छ भने उक्त सिरिज अगाडि पिएनजीसँग दुई एक दिवसीय खेल खेल्ने छ । नेपालले सिरिज र पिएनजीसँग ओमानमा नै प्रतिस्पर्धा गर्ने छ ।

त्यसका लागि नेपाली टोली मंगलबार बिहान ८ बजे सलाम एयरबाट ओमान जाने तालिका रहेको छ । त्रिकोणत्मक सिरिज अगाडि पिएनजीसँग नेपालले भदौ २० पहिलो र भदौ २३ दोस्रो खेल खेल्नेछ । ओमानमा नै रहने टोलीले चार दिनपछि त्रिकोणात्मक सिरिज खेल्नेछ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार