सोमवार, श्रावण २५ गते २०८३

भारत–पाकिस्तानसहित ७ वटा युद्ध रोकेको ट्रम्पको दाबी

मंगलवार , भाद्र १०, २०८२

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तान द्वन्द्वसहित विश्वभर ७ वटा युद्ध रोकेको दाबी गरेका छन् । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले सबैभन्दा ठूलो भारत–पाकिस्तानसहित ७ वटा युद्ध रोकेको बताउनुभएको बीबीसीले जनाएको छ ।

यद्दपि भारतले विगतमा ट्रम्प र अमेरिकाले गरेका सबै यस्ता दाबीहरूलाई अस्वीकार गर्दै आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि संसद्मा कुनै पनि प्रकारको मध्यस्थतालाई अस्वीकार गरेका थिए ।

भारत–पाकिस्तानले पहिलै नै ७ वटा लडाकू विमान खसालेका ट्रम्पले दाबी गरे । उनले खसालिएका विमानहरू भारत, पाकिस्तानका थिए वा दुई देशको संयोजनका थिए भन्ने कुरा खुलाउनु भएन ।

लडाइँ जारी रहे अमेरिकाले दुवै देशसँग व्यापार नगर्ने र सहमतिका लागि २४ घण्टाको समय दिएपछि भारत र पाकिस्तान युद्ध रोक्न तयार भएका अमेरिकी राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार