बिहिवार, आश्विन १५ गते २०८३

३८.१० अंकले घट्यो सेयर बजार, कारोबार रकम बढ्यो

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । अघिल्लो दिन २८१९ अंकमा बन्द भएको सेयर बजार बिहीबार घटेको छ । आज नेप्से परिसूचक ३८.१० अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से परिसूचक २७८१ अंकमा झरेको छ ।

बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ७ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९ करोडको कारोबार भएको छ । २४ कम्पनीको मूल्य बढ्दा २२७ को मूल्य घटेको छ । आज सबै सेक्टरका सूचक घटेका छन् । विकास बैंक सबैभन्दा धेरै २.३८ प्रतिशतले घटेको छ । बैंकिङ ०.८७, फाइनान्स १.९७, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर १.४४ र लगानी १.५८ प्रतिशतले घटेका छन् ।

त्यस्तै जीवन बीमा १.६५, उत्पादन तथा प्रशोधन १.७०, माइक्रोफाइनान्स १.४०, अन्य १.७० र व्यापार १.२६ प्रतिशतले घटेका छन् । निर्जीवन बीमा जम्मा ०.०१ प्रतिशतले बढेको छ । विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । मैलुङखोला जलविद्युत्को मूल्य ३.६२, थ्रीस्टार हाइड्रोपावरको ३.४१, एनएलजी इन्स्योरेन्सको ३.१९ तथा पिपुल्स पावरको मूल्य ३.१७ प्रतिशतले बढेको छ ।

ओरियन्टल होटलको मूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशतले घटेको छ । लुम्बिनी विकास बैंकको ४.१८, सांग्रिला डेभलपमेन्ट बैंकको ३.८७, सिक्लेस हाइड्रोपावरको ३.८० तथा जनउत्थान सामुदायिक लघुवित्तको मूल्य ३.६६ प्रतिशतले घटेको छ ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट तथा युनाइटेड मोदी हाइड्रोपावर लगातार अगाडि रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार