काठमाडौं । सुनको मूल्य आज अहिलेसम्मकै सबैभन्दा महँगो बनेको छ ।
सुनको मूल्य आज प्रतितोला दुई लाख ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ थियो । आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेर अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो ।
आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला दुई हजार तीनसय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।