सोमवार, श्रावण २५ गते २०८३

युक्रेनका पूर्वसभामुखको गोली हानी हत्या

शनिवार , भाद्र १४, २०८२

काठमाडौँ । युक्रेनको पश्चिमी सहर एल्भिभमा शनिबार एक सांसदको गोली हानी हत्या गरिएको छ ।  सांसदको गोली हानी हत्या भएको भन्ने खबरलाई राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पुष्टि गएका छन् । 

जेलेन्स्कीले सन् २०१० को दशकमा संसदीय सभामुख रहेका चर्चित राजनीतिज्ञ एन्ड्री पारुबीको हत्याको विस्तृत अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रहरीका अनुसार ५४ वर्षीय पारुबीको घटनास्थलमै मृत्यु भएको थियो ।

आक्रमणकारीको खोजी भइरहेको र हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । सन् २०१६ देखि २०१९ सम्म संसदको सभामुख रहेका पारुबी २००४ को युरोप समर्थित ‘ओरेन्ज रिभोलुसन’ र २०१४ को ‘मेडन रिभोलुसन’का प्रमुख समर्थक थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार