तालिवान सरकारका अधिकारीहरूले मानवीय संस्थाहरूलाई दुर्गम पहाडी क्षेत्रहरूमा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेका छन् । पहिरो र बाढीका कारण केही ठाउँमा हवाई मार्गबाट मात्र पुग्न सकिने बताइएको छ ।
भूकम्पले काबुलदेखि ३०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामाबादसम्मका भवनहरूलाई पनि हल्लाएको थियो ।
अमेरिकी जियोलोजिकल सर्वेका अनुसार भूकम्पको केन्द्रबिन्दु नन्गरहार प्रान्तको जलालाबादनजिकै ८ किलोमिटर गहिराइमा थियो । पछिल्लो एक महिनामा अफगानिस्तानमा गएको यो पाँचौँ भूकम्प हो । भूकम्पको दृष्टिकोणले अफगानिस्तान संवेदनशील क्षेत्र हो ।
यसअघि, अफगानिस्तानमा अगस्ट २७ मा ५.४, अगस्ट १७ मा ४.९, अगस्ट १३ मा ४.२ र अगस्ट ८ मा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।