काठमाडौं । सुनको मूल्य आज पनि बढेको छ । सुनको मूल्यले गएका तीन दिनयता लगायता ‘रेकर्ड ब्रेक’ गरिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएको शुक्रबार अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आइतबार र सोमबार पनि लगातार बढेको हो । सुनको मूल्य आज तोलामा एक हजार सातसय रुपैयाँ बढेर दुई लाख पाँचहजार तीनसय रुपैयाँ पुगेको छ । सुनको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो । हिजो सुनको मूल्य तोलमा तीन हजार रुपैयाँ बढेर दुई लाख तीन हजार ६ सय रुपैयाँ पुगेको थियो ।
आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ । तोलामा ४५ रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार चारसय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।