आइतवार, कार्तिक ९ गते २०८३

प्रहरीकै यस्तो फट्याँई, रिसिवी साँध्न लागु औषध राखेर निर्दोष व्यक्तिलाई फसाइयो

आइतवार , भाद्र ६, २०७८

काठमाडमौं । नेपाल पत्रकार महासंघ रौतहतले रौतहत प्रहरीले  रिसिवी साँध्न निर्दोष व्यक्तिलाई लागुऔषध मुद्धामा फसाएको आरोप लगाएको छ । एक पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर प्रहरीले निर्दोषलाई फसाएको आरोप महासंघको छ । 
प्रहरीका काम कारबाहीमाथि प्रश्न उठाउँदै  सामाजिक सञ्जालमा लेखेका कारण रौटहट एक्सप्रेसका सञ्चालक एवं पत्रकार मोजिबुल्लाहलाई पक्राउ गरिएको आरोप लगाएको हो ।

मोजिबुल्लाहको मोटरसाइकलमा दुई जना घुमुवा प्रहरीले लागूऔषध राखेको सीसी टीभी फुटेज पनि सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटबाट सादा पोशाकमा खटिने प्रहरी टोलीले गौर नगरपालिका रोडबाट पत्रकार मोजिबुल्लाह र राजपुर–७ का शेख गुलाब भनिने शेख अतिउल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो ।

तर सीसी टीभी फुटेजमा होटल बाहिर पार्किङ गरेर खाजा खान गएका वेला घुमुवा प्रहरी असई उदय यादव, जवान मनोज शाह लगायतले अन्य दुई युवाको सहयोगमा मोटरसाइकलमा राखेको देखिएको नेपाल पत्रकार महासंघ, रौतहट शाखाले विज्ञप्ति जारी गरेर जनाएको छ । रौटहट प्रहरीले भिडियोमा देखिएका व्यक्तिलाई नियन्त्रणमा राखेर छानविन थालिएकोले छिट्टै पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गर्ने जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार