बिहिवार, आश्विन १५ गते २०८३

एकैदिन २ हजारले बढेर सुनको भाउले राख्यो नयाँ रेकर्ड, कति पुग्यो ?

बुधवार , भाद्र १८, २०८२

काठमाडौँ । बुधबार पनि सुनको भाउ बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा २ हजारले बढेको हो ।

हिजो २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै हिजो नयाँ रेकर्ड राखेको चाँदीको भाउ आज भने तोलामा ५ रुपैयाँले घटेको छ । यो सँगै आज चाँदी २४८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको देखिन्छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार