काठमाडौं । कैलालीमा १७ वर्षिय किशोरी बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले बलात्कार आरोपमा कैलालीको कैलारी गाउँपालिका-७ का २३ वर्षीय अरुण चौधरीलाई पक्राउ गरेको हो । शनिबार राति चौधरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
चौधरीले ती बालिकालाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको सूचना पाएपछि सीमा प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरलिे जनाएको छ ।