बिहिवार, आश्विन १५ गते २०८३

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न व्यापारीलाई काठमाडौं प्रशासनको निर्देशन

आइतवार , भाद्र ६, २०७८

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्यापारीहरूलाई सचेत गराएको छ । आइतबार सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल नेतृत्वको टोलीले न्युरोड, बसन्तपुर, सुन्धारालगायतका बजार क्षेत्रको अनुगमन गरी कोरोनाबाट बच्न जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न व्यापारीहरूलाई सचेत गराएको हो ।

अनुगमनको क्रममा मास्कसमेत नलगाएका व्यापारी र सर्वसाधारण गरी ६८ जनालाई कारवाही समेत गरेको जनाएको छ । उनिहरुबाट एक सय रूपैयाँका दरले जरिवाना गरिएको हो । टोलीले पसलमा आउने ग्राहकहरूका लागि अनिवार्य रूपमा मास्क र सेनिटाइजरको व्यवस्था गर्न पनि व्यापारीहरूलाई निर्देशन दिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार