आइतवार, श्रावण २४ गते २०८३

गृहमन्त्री लेखकको राजीनामा, प्रधानमन्त्री ओलीले कहिले दिन्छन् ?

सोमवार , भाद्र २३, २०८२

काठमाडौँ । सामाजिक सञ्जालमाथि प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिदा अहिलेसम्म २० जना जेनजीले ज्यान गुमाएका छन् । आज पुरै देश शोकमा डुबेको छ ।

सुन्दर भविश्यको खोजीमा विरानो सहर काठमाडौँमा संर्घष गरिरहेका युवा अकालमै यो संसारबाट विदा भएका छन् । कयौँ आमाहरुलाई जिउदै मरितुल्य बनाइएको छ । यो दुखत घटना घट्नुमा-केपी शर्मा ओली नेतृत्वको सरकारको हात छ । अझैँ मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । प्रहरीको गोली लागेका अधिकांश गम्भिर घाइते भएका छन् । 

अहिलेसम्म कतिलाई गोली लागेको भन्नेबारे समेत यकिन थाहा भइसकेको छैन । जेनजी पुस्ताले हिजै आफूहरुले आन्दोलन गर्ने बताइसकेका थिए ।

 सरकारले जेनीजीहरुलाई सामान्य नठानी सुरक्षा व्यवस्था कडा गरेको भए आज देश शोकमा डुब्ने थिएन । तर, प्रधानमन्त्री ओलीले कुनै पनि विषयलाई सामान्य रुपमा लिन्छन् । उनले केही मानिस सडकमा आउनू सामान्य भएको बारमबार भन्ने गरेका छन्। तर, सरकारले सामान्य रुपमा लिदा आज हातमा राष्ट्रिय झन्डा बोकेका युवाको ज्यान गयो । 

गत चैत १५ गते पनि राजावादीको आन्दोलनलाई सामान्य रुपमा लिदा दुई जनाको ज्यान गएको थियो । यसपटक पनि सरकारले जेनजीहरुलाई हलुका रुपमा लिदा कयौ युवाको ज्यान गयो । 

बारमबार असफल भएका प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजिनामा दिनू पर्छ भन्दै अहिले चौतर्फी माग उठिरहको छ । किन की यो घटनाको जिम्मेवार राज्य नै हो । आज राज्यको गोली लाग्दा देशका लागि आवाज उठाएका युवाहरुले ज्यान गुमाउनु परेको छ । त्यसैले अहिले चौतर्फी तत्काल प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेका छन् । 

यता विपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । भने, सत्तारुढ दल कांग्रेसकै नेताले पनि ओली र लेखकको राजीनामा माग गरिरहेका छन् । 

यसैबीच गृहमन्त्री रमेश लेखकले भने पदबाट राजीनामा दिएका छन् । अब प्रधानमन्त्री ओलीले पनि के नैतिकता देखाउदै पदबाट राजीनामा देलान् ? 

 

प्रतिक्रिया
सम्बन्धित समाचार