बिहिवार, आश्विन १५ गते २०८३

निरन्तरको बर्षाले सडकमा पर्यो भ्वाँङ, स्थानीय त्रसित

सोमवार , भाद्र ७, २०७८

पोखरा । कास्कीको पोखरास्थित महेन्द्रपुलमा सडक भाँसिएको छ ।

महेन्द्रपुलस्थित गरिमा विकास बैंक अगाडिको सडक भासिएर भ्वाङ परेको स्थानीयले जनाएका छन्। पोखरामा पानी परिरहेका बेला जमिन भासिएर परेको भ्वाङमा एउटा बिजुलीको पोल पनि परेको छ।

आइतबार राति भ्वाङ नै परेपछि महेन्द्रपुल क्षेत्रका मानिस त्रसित बनेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले पानीको भल त्यही भ्वाङबाट छिर्दा थप जोखिम बढेको बताए।

अहिले भल तर्काउने र ढुंगा ल्याएर भ्वाङ पुर्ने काम जारी रहेको तर पानीले अवरोध गरिरहेको उनले बताए ।

bhwang.jpg

तस्विर: सञ्जय मल्लको फेशबुकबाट

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार