आइतवार, आश्विन २५ गते २०८३

लुम्बिनी प्रदेशसभा बैठक प्रतिपक्षी एमालेले चल्न देला त?

सोमवार , भाद्र ७, २०७८

काठमाडौँ । लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशनको तेस्रो बैठक आ बस्दै छ।

बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ। तर आजको बैठक पनि प्रमुख प्रतिपक्ष नेकपा एमालले अवरुद्ध पार्ने देखिन्छ। सूर्य चिह्नबाट चुनाव लडेका प्रदेशसभा सदस्यलाई हटाउन सभामुखले अस्वीकार गरेपछि एमालेले विरोध गर्दै आएको छ।

एमालेले यसअघि नै प्रदेश सभा चल्न नदिने भन्दै आएको छ।प्रदेश सभा सदस्य अजय शाही र विमला खत्री ओलीलाई एमालेले गरेको कारबाही सभामुख पूर्वबहादुर घर्तीले अस्वीकार गर्नुभएको थियो। एमालेले ह्वीप उल्लंघन गरेको भन्दै सांसद शाही र वलीलाई दलबाट निष्कासनको कारबाही गरी पदमुक्त गर्न सभामुखसमक्ष पत्र दिएको थियो।

तर ती सांसदलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले पदमुक्त नगरेको ब्यहोराको पत्र एमालेलाई पठायो। त्यसपछि एमालेले प्रदेशसभाका दुवै जना सांसदलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने बताइसकेको छ।

हिजो पत्रकार सम्मेलन गरी एमाले संसदीय दलले सभामुखले संसदीय मूल्य मान्यता विपरीत स्वेच्छाचारी र निरंकुश व्यवहार देखाएको भन्दै सांसद शाही र वलीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने बताएको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार