आइतवार, श्रावण २४ गते २०८३

इजरायलले गाजा सहरमा तीव्र पार्‍यो हवाई हमला

आइतवार , भाद्र २९, २०८२

काठमाडौँ । इजरायली सेनाले गाजा सहरमा आक्रमण तीव्र बनाएको छ। एकपछि अर्को हवाई हमला गरिरहेको छ।  बीबीसीका अनुसार युद्धको सुरुवाती चरणभन्दा फरक हालको अभियान हवाई हमला बढी गरिएको छ।

आक्रमणका कारण सम्पूर्ण अपार्टमेन्ट ब्लक र ठूला कंक्रिट संरचना भग्नावशेषमा परिणत भएका छन्। पछिल्ला दिनमा भएका आक्रमणले सर्वसाधारणको पलायनलाई अझ तीव्र बनाएको छ।

इजरायलले गाजा सहरका सबै बासिन्दालाई तुरुन्तै सहर छाड्न चेतावनी दिएको छ। किनकि ठूलो मात्रामा जमिन आक्रमणको तयारी भइरहेको इजरायलले बताएको छ।

शनिबार इजरायल रक्षा बल ९आईडीएफ० ले झन्डै २ लाख ५० हजार मानिस गाजा सहर छाडेर दक्षिणतिर सरेको बताएको छ। इजरायली सेनाले ‘आतंकवादी आक्रमण गर्न’ प्रयोग भइरहेको एउटा अग्लो भवन पनि ध्वस्त पारिएको दाबी गरेको छ। 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा सहर हमासको अन्तिम प्रमुख गढ भएको बताएका छन्।  तर गाजा सहर कब्जा गर्ने इरायली योजनाविरुद्ध अन्तर्राष्ट्रिय आलोचना भइरहेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार