काठमाडौं । झापा कन्काई नगरपालिका एकै परिवारका तीनजना आफ्नै घरमा मृत फेला परेका छन् । झापाको कन्काई नगरपालिका-१ का रविन बिक, उनकी श्रीमती मुना बिक र आठ महिनाकी छोरी रुविना बिक झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईका अनुसार उनीहरु घरको ढोका भित्रबाट चुकुल लगाएको अवस्थामा झुण्डिएको फेला परेका छन् । प्रहरी घटनास्थलमा पुगेको र थप अनुसन्धान जारी रहेको एसपी भट्टराईले बताए ।