शनिवार, आश्विन १७ गते २०८३

शिवपुरीबाट ओली ३–४ दिनमामा काठमाडौँ आउने

सोमवार , भाद्र ३०, २०८२

काठमाडौँ । नेपाली सेनाको सुरक्षा घेरामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई फोन गरेका छन् । अध्यक्ष ओलीले पोखरेललाई फोन गरेर आफू ३–४ दिनमा आउने र तबसम्म अनौपचारिक रूपमा समीक्षा गर्दै गर्न भनेका छन् ।

स्रोतका अनुसार जेनजी आन्दोलन र त्यसपछि विकसित घटनाक्रमबारे अनौपचारिक समीक्षा गर्न उनले पोखरेललाई भनेका छन् । अध्यक्ष ओलीले औपचारिक रूपमा पोखरेललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी भने नदिएको स्रोतले जनाएको छ ।

जेनजी आन्दोलन आक्रामक भएदेखि अध्यक्ष ओली सेनाको सुरक्षा घेरामा शिवपुरीमा रहेका छन् । आन्दोलन चर्किएपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार